• राजनीति

    लोसपा प्रदेश २ को अध्यक्षमा सोनल

      ओमकार टाइम्स


    काठमाडौं — लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) प्रदेश २ को अध्यक्षमा नेता जितेन्द्र सोनल नियुक्त भएका छन् ।

    लोसपा केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले सोनललाई प्रदेश अध्यक्षमा नियुक्त गरेका हुन् ।  लोसपा संसदीय दलको नेता समेत रहेका सोनल यसअघि प्रदेश २ सरकारमा मन्त्री थिए ।

    लोसपा केन्द्रीय कार्यकारिणी सदस्य समेत सहेका सोनल बारा क्षेत्र नं.४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

    प्रतिकृया दिनुहोस