• समाचार

    भालुको आक्रमणबाट दुई जना घाइते

      ओमकार टाइम्स

    बैतडी- जङ्गली भालुको आक्रमणबाट जिल्लाका दुई जना गम्भीर घाइते भएका छन् ।

    घाइते हुनेमा  पञ्चेश्वर गाउँपालिका– ५ नेटाका ३२ वर्षीय महेशराम भुल र सोही ठाउँका ४० वर्षीया कमला चन्द  छन् ।

    शनिबार दिउँसो  घर नजिकैको जङ्गलमा घाँस काट्न गएका बेला उनीहरुलाई भालुुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता बोधराज ओझाले जानकारी दिए ।

    घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस