• समाचार

    जन्ती बोकेको बस दुर्घटना हुँदा चालकको मृत्यु, ८ जना गम्भीर घाइते

      ओमकार टाइम्स

    काठमाडौँ : सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-४, बिञ्जेलमा विवाहको बस दुर्घटना हुँदा बस चालकको मृत्यु भएको छ।

    जन्ती बोकेको बा २ ख ५६१४ नम्बरको बस शनिबार राति दुर्घटना हुँदा चालक बलेफी-६ बदर्पाका राजु तामाङको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ।

    दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन्। अन्य सामान्य घाइते भएका छन्।

    घाइतेलाई उपचारको लागि सिन्धु सदावहार अस्पताल खाडिचौर र धुलिखेल अस्पताल लगिएको छ। बसमा ३० जना सवार रहेको अनुमान गरिएको छ।

    घाइतको सनाखत हुन बाँकी छ। बलेफी-५ का स्थानीय सन्तोष भुजेलको बिवाहको जन्ती लिएर काभ्रेको भुम्लु जान लागेको बस राति ९ बजे दुर्घटनामा परेको हो।

    प्रतिकृया दिनुहोस