• राजनीति

    कांग्रेस महाधिवेशन : देउवाले गरे मतदान

      ओमकार टाइम्स

    काठमाडौँ : नेपाली कांग्रेसको सभापतिका उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । पार्टीको १४ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत देउवाले सोमवार राष्ट्रिय सभागृहमा पुगेर मतदान गरेका हुन् ।

    राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा मतदानस्थल राखिएको छ। देउवा राष्ट्रिय सभागृहमा रहेको मतदान केन्द्रमा मतदान गरेर फर्किएका छन्। सभापतिका अर्का उम्मेदवार कल्याण गुरुङले यसअघि नै मतदान गरिसकेका छन्।

    बिहान ८ बजेदेखि गर्ने भनिएको मतदान मतपत्र छपाईमा भएको ढिलाइले मध्यान्न १२ बजेपछि मात्र सुरु भएको थियो।

    कांग्रेसको सभापतिमा वर्तमान सभापति शेरबहादुर देउवाका साथै नेताहरू शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले उम्मेदवारी दिएका छन्।

    प्रतिकृया दिनुहोस