• समाचार

    आइवार्ट शर्ट फिल्म अवार्डमा सरिताको लघु चलचित्र ‘फगुनिया’ प्रथम

      ओमकार टाइम्स

    काठमाडौँ- निर्देशक सरिता शाहको लघु चलचित्र ‘फगुनिया’ ले तेस्रो आइवार्ट शर्ट फिल्म अवार्ड २०२१ मा प्रथम स्थान हासिल गरेको छ ।

    महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत काठमाडौँमा आयोजना गरिएको लघु चलचित्र प्रतिस्पर्धामा पुष्प जोशी र एन्जिला चौधरीको ‘ललिता’ ले दोस्रो र श्रीस कुँवर र अस्मिता लावतीको चलचित्र ‘समाइरा’ ले तेस्रो स्थान हासिल गरे ।

    राष्ट्रिय नाचघरमा १७ जना महिला निर्देशकहरुले निर्देशन गरेको १७ लघु चलचित्र मध्येमा शाहको लघु चलचित्रले पहिलो स्थान हासिल गरेको हो ।

    टेलिभिजन तथा रेडियोमा कार्यरत महिलाहरुको अन्तर्राष्ट्रिय समूह आइवार्ट नेपाल च्याप्टरमा निर्देशक साहको लघु चलचित्र उत्कृष्ट भएको हो ।नेपाल च्याप्टरले यस अघि २०१९ र २०२० मा लघु चलचित्र प्रतियोगिता आयोजना गरेको थियो ।

    प्रतिकृया दिनुहोस