• समाचार

    भारत गएका १६५ नेपाली कामदार बेपत्ता

      ओमकार टाइम्स

    डोटी । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कामका लागि भारत गएका श्रमिक बेपत्ता हुने क्रम बढेको छ । डोटीका चार पालिकाका १६५ श्रमिक बेपत्ता भएका अर्थात् परिवारका सम्पर्कमा छैनन् ।

    भारतका विभिन्न सहरमा वर्षौंदेखि लाखौँको सङ्ख्यामा नेपाली कामदार श्रम गर्दै आएको बताइएको छ । कामको खोजीमा भारत पसेका श्रमिकमध्ये अधिकांश असुरक्षितरुपमा कष्टपूर्ण श्रम गर्दै आएको र बेपत्ता हुने क्रम बढेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेशका संयोजक खडकराज जोशीले बताए ।

    उनले भने, “कामका लागि भारत गएका श्रमिकले त्यहाँ निकै दुःख कष्ट सहनु परेको छ, त्यसैअनुरुप अधिकांश श्रमिक हराउने र बेपत्ता हुने गरेको पाइएको छ ।” श्रमिकका लागि भारतीय श्रम बजार असुरक्षित बन्दै गएको श्रमिकको गुनासो छ ।

    भारतमा हुने श्रमशोषणमा नेपाल पक्ष मौन बसेकै कारण कष्टपूर्ण जीवन निर्वाहसँगै नेपाली श्रमिक हराउने र उत्तै बेपत्ता हुने क्रम पनि बढ्दै गएको नागरिक समाजका अगुवा तथा कांग्रेस नेता घनश्याम पाठकले बताए ।
    भारतमा कष्टपूर्ण श्रम गर्ने नेपालीका लागि सरकारले अहिलेसम्म कुनै प्रयास नगरेको उनको आरोप छ ।
    भारतमा नेपाली श्रमिकको शोषणबारे सरकार अनभिज्ञ रहेको आरोप इन्सेकका डोटी जिल्ला प्रतिनिधि गणेश जोशीले लगाए ।

    प्रतिकृया दिनुहोस