• पत्र-पत्रिका

    नेकपा केन्द्रीय कार्यालय सरकारी जग्गामा

      ओमकार


    काठमाडौं । प्रमुख सत्तारूढ दल नेकपाले ‘सरकारी जगगा भोगाधिकार र जिलजसम्बन्धी कार्यनीति’ उल्लंघन गर्दै सरकारी जग्गा र त्यसमा बनेको भवनमा पार्टी केन्द्रीय कार्यालय सञ्चालन गरिरहेको छ।

     

    भोगाधिकार पाएको पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानले धुम्बाराहीस्थित ३ रोपनी ७ आना २ पैसा सरकारी जग्गामा नेकपालाई पार्टी कार्यालय सञ्चालन गर्न दिएको हो। यो खबर आजको कान्तिपुरमा मातृका दाहालले लेखेका छन्।

     

    सरकारबाट भोगाधिकार प्राप्त निकायले आफूले पाएको जग्गा तेस्रो पक्षलाई भाडामा दिन पाउँदैन।

    प्रतिकृया दिनुहोस