• विदेश

    रुसी र चिनियाँ राष्ट्रपतिबीच बेइजिङमा भेट हुने

      एजेन्सी

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सि जिनपिङका बीचमा आगामी फेबु्रअरीमा भेट हुने भएको छ ।

    उनीहरुबीच आगामी फेब्रुअरीमा चिनियाँ राजधानी सहर बेइजिङमा भेट्ने कार्यक्रम रहेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    उनीहरु दुई जनाका बीचमा बुधबार भर्चुअल विधिबाट फोन सम्वाद भएको थियो ।

    त्यस सम्वादका क्रममा रुसी राष्ट्रपति पुटिनले आफू आगामी फेब्रुअरीमा बेइजिङ आउन इच्छुक रहेको जानकारी दिएका थिए ।

    फेब्रुअरी महिनामा आयोजना हुन लागेको बेइजिङ विन्टर ओलम्पिक समारोहमा आफू उपस्थित हुन इच्छुक रहेको जानकारी दिएका थिए ।

    चिनियाँ सञ्चारमाध्यमहरुले आज सो कुराको जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस