• देश

    साउन २७ गते सार्वजनिक बिदा !

      ओमकार



    काठमाडौं। कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा रहेका बेला कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलले मुस्लिम समुदायको बक्रईदका सार्वजनिक बिदा दिने बारेमा संघीय सरकार सकारात्मक रहेको बताएका छन् ।

     

    सोमबार सिंहदरबारमा उपप्रधान एवम् रक्षामन्त्री समेत रहेका कार्यबाहक प्रधानमन्त्री पोखरेलसँग मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले भेट गरी बक्रईद पर्वका अवसरमा सार्वजनिक बिदा दिन अग्रह गरेका हुन् ।

     

    आयोगका अध्यक्ष अन्सारीले कार्यबाहक प्रधानमन्त्री पोखरेलले मुस्लिमको बक्रईद पर्वका अवसरमा सार्वजनिक बिदा दिन संघीय सरकार सकारात्मक रहेको आश्वासन दिएको बताए ।

     

    मुस्लिम समुदायको पर्व बक्रईद साउन २७ गते परेको छ । सो पर्वका अवसरमा सार्वजनिक बिदा दिन आयोगका अध्यक्ष अन्सारीले संघीय सरकारसँग अपिल गरेका छन् ।

    प्रतिकृया दिनुहोस