• मुख्य

    साढे १४ लाख डोज जोन्सन एन्ड जोन्सन खोप आउँदै

      ओमकार टाइम्स

    काठमाडौं । नेपालमा जोन्सन एन्ड जोन्सन खोप थप १४ लाख ५७ हजार मात्रा आउँदैछ । जर्मन सरकारले कोभ्याक्स सुविधामार्फत खोप उपलब्ध गराएको हो ।

    २१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन खोपमध्ये दोस्रो खेप आउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    बिहीबार पहिलो खेपमा ७ लाख १९ हजार ६५० डोज खोप नेपाल आइसकेको छ ।
    यसअघि अमेरिकाले कोभ्याक्समार्फत करिब १६ लाख डोज जोन्सन खोप नेपाललाई उपलब्ध गराएको थियो । यो खोप एक मात्रा लगाए पुग्छ ।

    प्रतिकृया दिनुहोस