• मुख्य

    कांग्रेसको खुला महिला केन्द्रीय सदस्यको मतगणना सुरु

      ओमकार टाइम्स

    काठमाडौँ- नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महिलातर्फ खुला केन्द्रीय सदस्यको मतगणना सुरु भएको छ ।

    पार्टी कार्यालय सानेपामा गए राति साढे १० बजे स्थगित गरिएको मतगणना आज बिहान साढे ९ बजेदेखि पुन: सुरु गरिएको हो।

    पुरुषतर्फ खुला केन्द्रीय सदस्यको मतगणना सकिएलगत्तै हिजै साँझदेखि खुला महिला केन्द्रीय सदस्यको मतगणना थालिएको थियो ।

    मधेसी महिला र पुरुषको चार सय मतगणना हुँदा खुला महिलातर्फ ५ सय मत गनिएको निर्वाचन समितिका सदस्य तेजबहादुर रावलले जानकारी दिए ।

    खुला महिला केन्द्रीय सदस्यमा ९ जनाका लागि ३० जनाको प्रतिष्पर्धा छ ।

    यसअघि हिजो पुरुष खुला केन्द्रीय सदस्यमा ९९ जनाबाट ३५ जना निर्वाचित भएका थिए ।

    प्रतिकृया दिनुहोस