• समाचार

    मानव बेचबिखन नियन्त्रणमा स्थानीय सरकार उदासिनः सचिव खतिवडा

      ओमकार टाइम्स

    काठमाडौं — महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव याम कुमारी खतिवडाले मानव बेचबिखन नियन्त्रणमा स्थानीय सरकारहरुको अग्रसरता निराशाजनक रहेको बताएकी छन् ।

    महिला, बालबालिकालगायतकालाई रोजगार तथा विभिन्न प्रलोभनमा बेचबिखनमा पारिने गरेको बताउँदै खतिवडाले स्थानीय स्तरबाटै त्यसको नियन्त्रणको प्रयास हुनुपर्ने बताइन् ।

    मानव बेचबिखनविरुद्धको राष्ट्रिय सन्जाल (एटविन) ले आज काठमाडौंमा आयोजना गरेको मानव बेचबिखनरुद्धको आगामी राष्ट्रिय कार्ययोजना विषयक राष्ट्रिय परामर्श बैठकमा बोल्दै सचिव खतिवडाले बेचबिखनमा परेका महिला, पुरुष तथा बालबालिकाहरुको उद्दार, पुनःस्थापना तथा सोबाट बच्न आवश्यक नीति निर्देशिकाहरु निर्माण गर्नतर्फ अग्रसर रहेको बताइन् ।

    संघीय संरचनामा देशको ७५ वटै जिल्लामा रहेको महिला तथा बालबालिका कार्यालय स्थानीय तहमा विलिन भएसँगै महिला तथा बालबालिकाको क्षेत्रमा आवश्यक कार्य गर्न नसकिएको भन्दै सचिव खतिवडाले मन्त्रालयले प्रदेश, जिल्ला र पालिकास्तरमा महिला तथा बालबालिकाका मुद्दा हेर्ने अलगै डेस्क स्थापनाको तयारीमा रहेको बताइन् ।

    प्रतिकृया दिनुहोस