• समाचार

    चिट चोर्न रोक्दा आरआर क्याम्पसमा शिक्षकमाथि आक्रमण, टाउकोमा लाग्यो ७ टाँका

      ओमकार टाइम्स

    काठमाडौं — आन्तरिक परीक्षामा चिट चोर्न रोक्दा आर आर क्याम्पसका विद्यार्थीले शिक्षकमाथि आक्रमण गरेका छन् ।

    चिट चोर्न रोक्न खोज्दा आर आर क्याम्पसमा शिक्षक प्रकाश पुडासैनीमाथि मंगलबार बिहान स्नातक तहको आन्तरिक परीक्षा दिइरहेका विद्यार्थी कुवेर जेठाराले आक्रमण गरेका हुन् ।

    चिट चोरिरहेको फेला पारेपछि शिक्षकले विद्यार्थी जेठारालाई परीक्षा हलबाट बाहिर निकालेका थिए ।

    परीक्षा सकिएपछि विद्यार्थी जेठाराले आफ्ना अरू साथीहरूलाई पनि क्याम्पसमा बोलाएर शिक्षकमाथि कुटपिट गरेका हुन् । विद्यार्थीले पानी पिउन प्रयोग हुने स्टिलको जगले शिक्षक पुडासैनीको टाउकोमा प्रहार गरेका थिए ।

    विद्यार्थीको आक्रमणबाट शिक्षक पुडासैनीको टाउकोमा ७ टाँका लागेको छ । उनलाई बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा उपचारका लागि भर्ना गर्न गरिएको छ ।

    शिक्षक पुडासैनी  ब्याचलर इन सोसल वर्क (बिएसडब्ल्यु) पढाउँदै आएका थिए । शिक्षक पुडासैनीमाथि आक्रमण गर्ने जेठारा फरार छन् ।

    विद्यार्थीले शिक्षक कुटेको विरोधमा क्याम्पसका शिक्षकहरुले पढाइ बन्द गर्ने निर्णय गरेका छन् ।

    प्रतिकृया दिनुहोस