• देश

    कोशीटप्पुमा चार दर्जन गाईगोरु मृत भेटिए

      ओमकार



    सुनसरी । सुनसरीको कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रभित्र ४४ वटा गाईगोरु मृत भेटिएका छन् ।

    प्रहरी टोलीले २८ वटा गाई र १६ वटा गोरु मृत अवस्थामा पाएको हो । बराह नगरपालिका ६ र ९ को कोशीटप्पु क्षेत्रभित्र गाईगोरु धेरै संख्यामा मरेको भेटिएपछि अनुसन्धान सुरु गरिएको छ ।

    प्रहरीसहित जिल्ला पशु सेवा केन्द्र इनरुवाका पशु चिकित्सकको टोलीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस