• देश

    सुरक्षाकर्मीले `साईड´ लगाएकि महिलासंग जब पुर्ब राजाले फोटो खिचे

      ओमकार

     

    पाँचथर । पूर्व राजा ज्ञानेन्द्र शाहले पाँचथरको सुमहात्लुङ मन्दिरमा पूजा गरेका छन् । फिदिम नगरपालिका-४ गढीमा रहेको सुमहात्लुङ मन्दिरमा पूजा गरेका हुन् । सोमबार साँझ फिदिम पुगेका शाहले मंगलबार दिउँसो १२ बजे सुमहात्लुङमा मन्दिरमा पूजा गरेका हुन्।

    शाह मनस्वी होटलदेखि बजारको ठाडो लाइन हुँदै आहालगैरीसम्म पैदल हिँडेर गएका थिए। शाहको पैदल यात्रामा राष्ट्रिय झण्डा बोकेको सयौं स्थानीय सहभागी भएका थिए । पैदल यात्राको क्रममा ‘राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्ने नाराहरु लगाएको थियो। लिम्बूहरुको शक्तिपीठको रुपमा लिइएको सुमहात्लुङ मन्दिरमा शाहले पूजा गरेका हुन्।

    पूर्वराजाको स्वागत तथा उनलाई आफ्नो पीडा सुनाउनेहरुको बाक्लो भिड लागेको थियो । त्यही क्रममा एउटा रोचक घटना घटेको थियो । पूर्वराजा ज्ञानेन्द्रसँग तस्बिर खिचाउन भनेर एक महिला बच्चासहित नजिक आईन् । तर सुरक्षाकर्मीले ति महिलालाई ज्ञानेन्द्र नजिक जान दिएन् ।

    सुरक्षाकर्मीले साइड लगाएपछि पूर्वराजा ज्ञानेन्द्र आफै अगाडि आएर ति महिला र उनको बच्चासँग तस्बिर खिचाए । उनले ति महिलाको हात समातेर आफुतिर लिँदैं तस्बिर खिचेका हुन् । ज्ञानेन्द्र उक्त कदमपछि धेरैले सेल्फी समेत खिचाएका थिए ।

    प्रतिकृया दिनुहोस