• विचार

    अफगानिस्तान : १ लाख भन्दा बढी सैन्य शक्ति बनाउँदै तालिबान

      ओमकार टाइम्स

    काठमाडौँ- अफगानिस्तानमा तालिबान सरकारको रक्षा मन्त्रालयले एक लाख सदस्यीय नयाँ सैन्य बल बनाउन प्रयास भइरहेको जनाएको छ ।

    उनले इस्लामिक इमिरेट्समा सैन्य बलहरुलाई प्राथमिकता दिइने कुरामा जोड दिए ।रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्ललाह खाजरजामीले टोलो न्यूजलाई भने “उनीहरु भर्ना भएपछि उनीहरुलाई टोलीमा ड्युटीमा पठाइनेछ ।

    यो प्रकृया करिब ८० प्रतिशत पूरा भइसकेको छ । अघिल्लो सरकारको पतनसँगै, देशको ३५०००० अफगान राष्ट्रिय रक्षा र सुरक्षा बलहरु पनि विघटन गरियो ।”

    सैन्य विज्ञहरुले नयाँ सैन्य बलमा पूर्व सुरक्षा बलका सदस्यहरु समावेश गर्नुपर्ने सुझाव दिएका छन् । यस प्रकृयामा काम गर्न २० सदस्यीय प्रतिनिधिमण्डल नियुक्क्त गरिएको रक्षा मन्त्रालयले जनाएको छ ।

    ३५०००० पूर्व अफगान सुरक्षा बलहरु मध्ये १५०००० रक्षा मन्त्रालयको अधिनमा छन् ।

    प्रतिकृया दिनुहोस