• देश

    धादिङमा दुई युवाको मृत्यु पश्चात् स्थानीयले गरे स्काभेटरमा अागजनी

     

    बालुवा झिक्न खोलामा बनाएको पोखरीमा डुबेर धादिङ गजुरी गाउँपालिकाका दुई युवाको ज्यान गएसंगै उक्त स्थान तनावग्रस्त बनेको छ। मेसिनले बनाएको खाल्डोमा डुबेर दरिङाल खोलामा शनिबार बिहान १९ वर्षीय भीम तामाङ र २१ वर्षीय सुमन तामाङको मृत्यु भएको हो ।

    गजुरी गाउँपालिका–७ का उनीहरु नुहाउनका लागि खोलामा गएका थिए । सोही क्रमा उनीहरु डुबेका हुन् । उनिहरुसँगै पौडी खेल्न गएका अन्य दुई जना भने पौडिएर ज्यान जोगाउन सफल भएका छन् ।

    दुई युवाको मृत्युपछि आक्रोशित स्थानीयले खोलामा रहेका तीनवटा स्काभेटरमा आगो लगाइदिएका छन् ।

    नदी तथा खोलामा मेसिन प्रयोग गरेर बालुवा उत्खनन गर्न रोक लगाइए पनि प्रहरी प्रशासनको आँखा छल्दै धादिङमा तस्करी गर्नेहरुले मेसिनको प्रयोग गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस