• खेलकुद

    टेबलटेनिसका लागि नेपाली खेलाडी टोली भारत प्रस्थान

     


    काठमाडौं-छैटौं एसियाली विद्यालय टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन ९ खेलाडीसहित १३ सदस्यीय नेपाली टोली शनिबार भारतको गुजरात प्रस्थान गरेको छ । अगस्ट १३ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा ६ छात्र तथा ३ छात्रा गरी ९ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । छात्रमा संयोग कपाली, विशाल गोले, रुविन महर्जन, सुजन गदाल, एलेन महर्जन र आयुश भारती रहेका छन् ।

    छात्रामा इभाना थापा मगर, वियंका राई र समिरा श्रेष्ठ रहेका छन् । टोली प्रमुखमा विशाल खड्का तथा प्रशिक्षकमा पुरुषोत्तम वज्राचार्य, सिक्का सुवाल श्रेष्ठ र एलेक्स महर्जन रहेका छन् । नेपाल विद्यालय खेलकुद महासंघको पहलमा टोली सहभागी हुन लागेको हो । टोलीलाई महासंघका अध्यक्ष विनोद श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुदिल शाही र महासंघका महासचिव राजकुमार कार्कीलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।

    प्रतिकृया दिनुहोस