• अर्थ

    सुनचाँदीको मूल्य आज स्थिर : प्रतितोला ९१ हजार ६ सय

      ओमकार टाइम्स

    काठमाडौँ : नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारकै बिक्रीदरमा आज सुनको मूल्य निर्धारण भएको छ ।

    महासंघले आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको जनाएको छ ।

    तेजावी सुनको मूल्य तोलाको ९१ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।

    यो साताको भाउ हेर्दा सुनको मूल्यमा बारम्बार घटेको अवस्था सिर्जना भएको देखिन्छ । यसअघि, बिहीबार छापावाल सुन तोलाको ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार छापावाल सुन तोलाको ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यता, चाँदीको भाउ पनि प्रतितोला १२ सय २५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिकृया दिनुहोस