• अर्थ

    मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीलाई बेस्ट फिमेल अवार्ड

      ओमकार टाइम्स

    मेगा बैंक नेपाल लिमिटेडकी सीईओ अनुपमा खुञ्जेली उत्कृष्ट महिला अवार्ड २०२१ बाट सम्मानित भएकीछन् । काठमाडौंमा विशेष समारोहबीच आयोजित प्रथम ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२१’ मा सिइओ खुञ्जेलीलाई ‘बेस्ट फिमेल अवार्ड २०२१’ प्रदान गरिएको हो ।

    प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बैंकिङ क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत सीईओ खुञ्जेलीलाई अवार्ड प्रदान गरिएको हो । अवार्डबाट आफूले थप जिम्मेवारी बोध गरेको उनले बताईन् ।

    सीईओ खुञ्जेलीले यसको श्रेय मेगा बैंकका संस्थापक, सर्वसाधारण, शेयरधनी, ग्राहकवर्गहरु, कर्मचारी एवं समस्त सरोकारवालाहरुमा जाने बताईन् ।

    खुञ्जेली नेपालको ‘क’ वर्गको बाणिज्य बैंकको प्रथम महिला सिइओ हुन । उनकै नेतृत्वमा मेगा बैंकले प्रतिष्ठित ‘बैंक अफ दि एयर अवार्ड २०१९’ समेत प्राप्त गर्न सफल भएको थियो । उनी स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् ।

    स्थापनाको एक दशकमै मेगा बैंक अहिले नेपालकै एक अग्रणी बैंकका रुपमा स्थापित छ । सन् १९९१ मा तत्कालिन ग्रिनलेज बैंक अर्थात अहिलेको स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट उनले करिअर सुरु गरेकी हुन् । खुञ्जेलीसँग ३० बर्षको बैंकिङ क्षेत्रको अनुभव छ ।

    प्रतिकृया दिनुहोस