• मनोरञ्जन

    आमा बनेपछि ऋचा शर्मा, १४ केजी तौल घटाइन्, फेरि फिल्ममा सक्रिय

      ओमकार टाइम्स

    नेपाली चलचित्र क्षेत्रका लागि ऋचा शर्मा चिनाइरहनुपर्ने नाम होइन । अभिनय कलाले सबैलाई लोभ्याउन सफल ऋचा मिस नेपाल २००७ की टप ७ फाइनलिस्टसमेत हुन् ।

    ‘फस्ट लभ’ चलचित्रबाट डेव्यु गरेकी ऋचाले समीक्षक र दर्शकको राम्रो मन जित्न सफल भएकी थिइन्। लुट, भिषा गर्ल, टलक जंग भर्सेस टुल्के, बाटोमुनिको फुल दुई, को आफ्नोलगायतका धेरै चलचित्रमा उनले दर्शकको मन जित्न सफल भइन् ।

    कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ की जजसामेत रहेकी ऋचाले २०१९ मा दिपेक्षविक्रम रानासँग विवाह गरेकी ऋचा यतिबेला एक सन्तानकी आमासमेत बनेकी छन् ।

    मातृत्व सुख लिइरहेकी ऋचा यतिबेला काममा समेत फर्किरहेकी छन् । सन्तान प्राप्तिपछि बढेको आफ्नो तौललाई घटाएर उनले एक सर्ट फिल्म र एक बाहिरी प्रोजेक्टको सुटिङ सकेकी छिन्। ७७(७८ केजी तौल पुगेकी ऋचाले झन्डै १४ केजी तौल घटाएकी छन् ।
    ऋचा भन्छिन्, ‘आमा बनेपछि म झन्डै ७८ केजी पुगेकी थिएँ। यो प्राकृतिक प्रक्रिया पनि हो। मैले आमा बनिसकेपछि व्यायाम र डाइट गरेर झन्डै १४ केजी तौल घटाएँ। अहिले काममा व्यस्त राखिरहेकी छु।’

    प्रतिकृया दिनुहोस