• देश

    केपी ओलीको गफ र कांग्रेसी मेयरको काम, कम्युनिष्ट बने चकित !

      ओमकार


    काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार भन्ने गर्छन्, भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न । ओली भाषण गरिरहेका हुन्छन् तर उनी आसपासमा व्यक्तिहरु विभिन्न खालका अनियमिततामा फसिरहेका हुन्छन् । यसको उदाहरण खोज्न अन्त जानै पर्दैन, उनकै पार्टीका महासचिव विष्णु पौडेल र बालुवाटार प्रकरणलाई हेरे पुग्छ ।

     

    तर, उर्लावारी नगरपालिकाका मेयर खड्गबहादुर फागोको कथा भने छुट्टै छ । उनले कार्ययोजना नै बनाएका छन्, एक रुपैयाँ भ्रष्टाचार नगर्ने र गर्न नदिने । ‘मैले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन । अनियमितता गरेर हामीले पनि केही पाउनुपर्छ भन्ने अपेक्षा कसैले नराखे हुन्छ,’ उनले भन्ने गरेका छन् ।

     

    एक रुपैयाँ दायाँबायाँ गर्न दिन्नँभन्दा विरोध हुन्छ भने त्यसको मूल्यांकन गर्ने जिम्मा उनले जनतामा छोडेका छन् । जनताको काम गर्न रात दिन नभनी खट्ने गरेका फागोले आफ्नो कार्यकाल पारदर्शीरुपमा विताउने योजना बताएका छन् ।

    प्रतिकृया दिनुहोस