• स्वास्थ

    सर्लाहीका सीडीओ र एसपीलाई कोरोना संक्रमण

      ओमकार टाइम्स

    सर्लाही- सर्लाहीका प्रमुख जिल्ला अधिकारी(सीडिओ) थानेश्वर गौतम र प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईंलाई कोरोना संक्रमण भएको छ ।

    प्रमुख जिल्ला अधिकारी गौतमले सामान्य रुघाखोकी लागेपछि जिल्ला अस्पतालमा स्वाब संकलन गराएका थिए । त्यस्तै, प्रहरी उपरीक्षक प्रसाईंले पनि आफू प्रायः प्रमुख जिल्ला अधिकारीसँगै रहने भएकाले उनले पनि सँगै स्वाब दिएका थिए ।

    उनीहरु दुवैको रिपोर्ट पोजिटिभ आएको छ । यसैगरी, जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादवलाई पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

    प्रतिकृया दिनुहोस