• मनोरञ्जन

    अभिनेता विपिनले हिन्दी फिल्म ‘एनिमल’ मा अभिनय गर्ने

      ओमकार टाइम्स


    काठमाडौँ : लोकप्रिय अभिनेता विपिन कार्कीले अब बलिउड फिल्ममा पनि अभिनय गर्ने भएका छन् । फिल्म ‘एनिमल’ मा मुख्य भूमिकाका लागि उनी छनौटमा परेका हुन् ।

    फिल्म अभिनय विषयमा आफ्नो कुरा पक्का भएको र चलचित्रका लागि आफूलाई निर्माण टिमले अगष्टमा मुम्बई बोलाएको अभिनेता विपिनले बताएका छन् । सन्दिप रेड्डी भांगाले निर्देशन गर्न लागेको ‘एनिमल’ मा रणवीर कपुर, अनिल कपुर, बबि देओल र परिनीति चोपडा लगायतको अभिनय रहने उक्त फिल्ममा नेपालका विपिन पनि रहने भएका छन् ।

    निर्माण युनिटले फिल्मको फष्टलुक समेत सार्वजनिक गरेको छ । विपिनको यो पहिलो बलिउड फिल्म हो । थुप्रै नेपाली फिल्म अभिनय गरेका विपिनले केही अगाडि ‘रेड सुटकेस’ फिल्म अभिनय सकाएका छन् । विपिनलाई केही दिनअघि चलचित्रका निर्देशक सन्दीपका भाइ प्रणय रेड्डीले फोन गरेर चलचित्रका लागि प्रस्ताव गरेका थिए ।

    प्रतिकृया दिनुहोस