• समाचार

    धादिङमा बाटो खन्दैगर्दा पहिरो : तीन जना बेपत्ता, डोजर पनि पुरियो

      ओमकार टाइम्स


    धादिङ : धादिङमा बाटो खन्ने क्रममा पहिरो खस्दा तीन जना बेपत्ता भएका छन् ।

    रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजर पनि पुरिएको जिल्ला प्रहरी कार्यालयका एसपी राकेश सिंहले जानकारी दिएका छन् ।

    सिंहका अनुसार चालक, सहचालयक र उपभोक्ता समितिका एक जना बेपत्ता रहेको प्रारम्भिक जानकारी आए पनि विस्तृत विवरण आइसकेको छैन ।

    खोज र उद्धारका प्रहरी टोली परिचालन भएको सिंहले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस