• समाचार

    दश किलो चरेश सहित महिला पक्राउ

      ओमकार टाइम्स


    काठमाडौं– सिमाना क्षेत्रमा तस्करीसंगै लागु औषधी ओसार–पसारको घटनामा समेत बढोत्तरी भएको छ । यस्ता कार्यमा पुरुष तथा बालबालिकासंगै महिलाहरुको संलग्नतामा समेत बढोत्तरी भएको देखिन्छ ।

    नेपालको मुख्य व्यापारीक नाका विरगञ्जमा बुधवार बेलुका यस्तै घटना बाहिर आएको छ ।

    विरगञ्जको शंकराचार्य गेटमा नेपाल प्रहरीको टोलिले एक महिलालाई १० किलो प्रतिबन्धीत चरेश सहित पक्राउ गरेको छ ।

    विरगञ्जबाट सिमावर्ति शहर रक्सौल गईरहेको बेला चरेशको सानो–सानो प्याकेट बनाएर शरिरमा लुकाएको अवस्थामा ति महिलालाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

    पर्सा प्रहरीका प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार नियमित चेकजाँचको क्रममा शंकास्पद अवस्थामा पैदलै सिमापारी गईरहेकी रौतहट जिल्ला बंकुल घर भएकी ४२ वर्षिया सञ्जु देविलाई प्रहरीले पक्राउ गरेको हो ।

    ति महिलाबाट ढाँड, खुट्टा तथा ज्याकेटको पकेटमा डोरीले बाँधेर राखेको अवस्थामा १० किलो चरेश बरामद गरिएको खनालले बताएका हुन् ।

    पक्राउ गरिएको महिलाईलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखि लागु औषधी सम्बन्धी मुद्दा लगाई थप छानबिन गरिरहेको डिएसपी खनालले बताए ।

    प्रतिकृया दिनुहोस