• खेलकुद

    फ्रेन्चाइज बास्केटबल : आठ टोलीले प्रतिस्पर्धा गर्ने, दुई विदेशी खेलाडी रहने

      ओमकार टाइम्स

    काठमाडौं : नेपालमा पहिलोपटक हुने पुरुष फ्रेन्चाइज बास्केटबल लिगमा आठ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल बास्केटबल संघ (नेबा) र टर्नपाइक इभेन्ट प्रालिको संयुक्त समझदारीमा हुने प्रतियोगितामा विभिन्न आठ सहरले सहभागिता जनाउने छन् ।

    सहभागी टोलीले दुई विदेशी खेलाडी राख्न पाउने छन् ।

    हरेक टोलीले १२ खेलाडी राख्न पाउनेछन् । यस्तै आयोजकले मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र म्यानेजर अनिवार्य गरेको छ । प्रतियोगिताका लागि मोफसलबाट ३० प्रतिशत खेलाडी हुनेछन् ।

    ७० प्रतिशत खेलाडी भने काठमाडौंभित्रका हुने जानकारी गराइएको छ ।प्रतियोगिता आगामी वैशाखमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा हुन नेबाका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले बताए ।

    प्रतियोगितालाई आधार मानी राष्ट्रिय खेलाडी छनोट हुने बताउँदै आगामी दिनमा महिला तथा जुनियर लिग हुने जानकारी दिए ।

    प्रतियोगिताको ४० प्रतिशत आम्दानी नेपाल बास्केटबल संघलाई जाने टर्नपाइकका कार्यकारी निर्देशक उमेश लोहनीले बताए।

    प्रतिकृया दिनुहोस