• मुख्य

    कर्णालीमा स्याउ-ओखर विकास बोर्ड गठन गर्न माग

      ओमकार टाइम्स

    जुम्ला – राष्ट्रिय बजारमा कर्णाली अर्थात जुम्लालाई स्याउ, ओखरले चिनाएको छ । कर्णाली प्रदेशको जुम्ला, कालिकोट, डोल्पा र मुगु जिल्लामा स्याउ र ओखर प्रयाप्त मात्रामा उत्पादन हुन्छ ।

    कर्णालीमा उत्पादित स्याउ ओखर बजारकरण व्यवस्थापनका लागि कर्णालीका कृषकले स्याउ(ओखर विकास बोर्ड गठन गर्न माग गरेका छन् ।कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाही र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीसमक्ष स्याउ(ओखर विकास बोर्ड गठन गर्न माग पत्र पेस गरिएको हो ।

    तिला गाउँपालिका-८ का वडाध्यक्ष सन्तविर रावतका अनुसार कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्ला, डोल्पा, हुम्ला, मुगु र कालिकोटमा स्याउ ओखर उत्पादन हुन्छ । यीनै उत्पादित कृषि वस्तुले उचित मूल्य पाउन सकेको छैन ।

    कर्णालीमा उत्पादित स्याउ-ओखर बजारीकरण गर्न बोर्ड गठन गर्न आवश्यक रहेको कर्णाली प्रदेशका पूर्वमन्त्री नरेश भण्डारीले बताए ।कृषि विकास कार्यालयको तथ्यांकअनुसार २०७६ मा जिल्लामा १२ हजार टन स्याउ उत्पादन भएको थियो ।

    २०७७ भने घटेर ६ हजार २ सय १० टनमात्रै उत्पादन भयो । यो वर्ष ६ हजार १ सय ६० टन उत्पादन भएको कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले बताए ।

    प्रतिकृया दिनुहोस