• समाचार

    धादिङ पहिरोमा पुरिएका ३ जना अझै भेटिएनन्

      ओमकार टाइम्स


    धादिङ : धादिङको रुबी भ्यालीमा बिहीबार बिहान बाटो खन्ने क्रममा पहिरो खस्दा डोजरसँगै पुरिएका तीन जनाको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बेपत्ताहरूको खोजी जारी छ।

    धादिङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीका अनुसार हिजो दिनभर खोज्दा पनि पहिरोमा बेपत्ताहरू नभेटिएकाले आज शुक्रबार बिहानै पुनः खोजी सुरु गरिएको हो।

    धादिङको रुबी भ्याली गाउँपालिका वडा नम्बर १ पुरु र लिङ्जो जोड्ने ट्रयाक सडक खन्ने क्रममा बिहीबार बिहान डोजरसहित यसका चालक आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय बासिन्दा अनिश तामाङ पहिरोमा पुरिएका हुन् ।

    उनीहरूको खोजीमा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका छन्। पहिरो निकै ठूलो भएकाले पन्छाउन त्यति सजिलो नभएको उपरीक्षक भण्डारीले बताए।

    प्रतिकृया दिनुहोस