• समाचार

    एमालेका महासचिव पोखरेललाई कोरोना संक्रमण

      ओमकार टाइम्स

    काठमाडौं — नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री रहेका एमाले महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

    उनले अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने र निर्धारित सबै कार्यक्रम स्थगित गरेको बताएका छन् ।

    उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन ।

    अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो ।’

    प्रतिकृया दिनुहोस