• समाचार

    बुटवलको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएन

      ओमकार टाइम्स

    रुपन्देही । शनिबार शुभारम्भ गर्न लागिएको बुटवलको प्लान बी डान्स क्लबमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन ।

    बुटवलस्थित सिद्धार्थ कटेजको साइडमा संचालन तयारीमा रहेको प्लान बी डान्स क्लबमा आज मध्यान्हतिर आगो लागेको थियो ।

    आगलागी नियन्त्रणका लागि बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाको दमकलसहितको टोली खटिएको छ ।

    प्रहरी, सेनाले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस