• सम–सामयिक

    कस्तो रहला आजको मौसम ?

      ओमकार टाइम्स

    काठमाडाैँ : हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। जल तथा मासम पुर्वानुमान महाशाखाका अनुसार शनिबार दिनभर प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ।

    यस्तै प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यसैगरी राति प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।

    देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसो बाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ ।

    प्रतिकृया दिनुहोस