• मुख्य

    प्रदायकहरूले प्रत्यक्ष विद्यार्थी भर्ना गर्नु अनैतिक र कानूनविपरितः फेकन पूर्व अध्यक्ष कटुवाल

      ओमकार टाइम्स

    काठमाडौं — स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) का पूर्व अध्यक्ष युवराज कटुवालले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई प्रदायकहरूले प्रत्यक्ष भर्ना गर्नु अनैतिक र प्रचलित कानूनविरुद्ध रहेको बताएका छन् ।

    विदेशमा रहेको विश्वविद्यालयहरूले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई सिधै भर्ना लिन थालेपछि शनिबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै असफोर्ड इन्टरनेशल प्रा.लि.का सीईओसमेत रहेका फेकनका पूर्व अध्यक्ष कटुवालले यस्तो बताएका हुन् ।

    उनले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई प्रदायकहरूले प्रत्यक्ष भर्ना लिने प्रवृत्तिलाई हटाउन सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

    पेशा र कानूनको सम्मान गर्ने सबै शैक्षिक परामर्शदाताहरूले आफ्नो सेवा क्षेत्रको सुरक्षाको लागि यो प्रवृत्तिलाई दबाउन एकजुट हुनुपर्ने उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस