• खेलकुद

    टाइगर कपको उपाधि एपीएफको पोल्टामा

      ओमकार टाइम्स


    पोखरा- पोखरामा भएको दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधि एपीएफले जितेको छ ।

    विभागीय डर्बी त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफले उपाधि आफ्नो हातमा पारेको हो।

    पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शनिबार भएको फाइनलमा आर्मी  एपीएफले आर्मीलाई २५–२३, २५–१५ र २५–२० को सेटमा स्तब्ध बनायो ।

    उपाधिसँगै एपीएफले ३ लाख प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले १ लाख ५० हजार प्राप्त गर्यो ।

    तेस्रो स्थानमा रहेको न्यु डायमण्डले ७५ हजार प्राप्त गरेको छ।

    प्रतिकृया दिनुहोस