• राजनीति

    स्थानीय तह निर्वाचन लगाएतका बिषयमा देउवा र प्रचण्डबीच छलफल

      ओमकार टाइम्स


    काठमाडौं : कोरोना संक्रमणमुक्त भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक भेटवार्ता सुरु गरेका छन् । यसै क्रममा प्रचण्डले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग आज बिहानै भेटवार्ता गरेका छन् ।

    आज बिहान वालुवाटारमा प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच भएको भेटवार्तामा आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन र स्थानीय तहको निर्वाचनका बारेमा छलफल भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।

    उनीहरूबीच सरकार सञ्चालनका लागि गठन भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति पनि भएको छ । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार मंगलबार बिहान ९ बजेका लागि संयन्त्रको बैठक बोलाउने तय भएको छ ।

    आईतबार कोरोनामुक्त भएका प्रचण्ड प्रधानमन्त्रीसँग छलफल गर्न बिहानै बालुवाटार पुगेका थिए ।

    प्रतिकृया दिनुहोस