• देश

    नेविसंघ नेता भट्टराईले बाडे खेल सामाग्री, युवाहरु खुशीले गदगद

      ओमकार


    झापा । कोटेश्वर बहुमुखी क्याम्पसका भुतपुर्व स्ववियु सभापति महेन्द्र भट्टराईले आज एक कार्यक्रमका बीच खेलकुद सामाग्री वितरण गरेका छ्न। भट्टराईले आज आफ्नो गृह जिल्ला झापामा रहेको सानो केर्खा युवा क्लबलाई २१ थान फुटबल जर्सी वितरण गरेका हुन।

     

    सो अवसरमा बोल्दै भट्टराईले युवाहरुलाई खेलकुदमा प्रेरित गर्ने उद्देश्यका साथ खेलकुद सामाग्री वितरण गरेको बताए। साथै खेल क्षेत्र ओझेलमा पर्दै गएको र सानो केर्खालाई खेलकुदका माध्यमबाट चिनाउन सहज होस भन्ने लक्ष्यका साथ खेल सामाग्री वितरण गरेको बताए।

     

    कार्यक्रमका अतिथि बाबुराम नेपालले युवाहरुको चौतर्फी बिकासका लागी खेलकुद अति आवश्यक रहेको औल्याउँदै आगामी दिनमा गौरादह नेविसंघका तर्फबाट पनि थप सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए भने क्लबका अध्यक्ष सुब्बाले धन्यवाद ज्ञापन गरेका थिए।

     

    अध्यक्ष हेमकुमार सुब्बाको सभापतित्वमा भएको खेल सामग्री वितरण कार्यक्रमको  अतिथिमा गौरादह नगरपालिकाका नेविसंघ सभापति बाबुराम नेपाल रहेका थिए ।

    प्रतिकृया दिनुहोस