• स्वास्थ

    कोरोनाका कारण एकैदिन १६ जनाको मृत्यु : १० हजार २५४ संक्रमित

      ओमकार टाइम्स


    काठमाडौँ : कोरोना संक्रमणका कारण नेपालमा आज एकैदिन १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभरीमा १६ जनाको मृत्यु भएको हो ।

    यस्तै पछिल्लो २४ घन्टामा १० हजार २५४ जननामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभरमा २० हजार १८७ नमुना परीक्षण गरिएको थियो । १४ हजार ४६२ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ३१२ र ५ हजार ७२५ नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार ४२ गरी १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको हो ।

    साथै आज ७०८ जना संक्रमणमुक्त भएका छन् । नयाँ संक्रमितमध्ये ५ हजार ३०६ जना काठमाडौं उपत्यकाका मात्रै रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार ७६२, ललितपुरमा १ हजार ११० र भक्तपुरमा ४३४ जना संक्रमित थपिएका हुन् ।

    यस्तै आज कास्कीमा ४ सय, मोरङमा २७३, सुनसरीमा २१२, कैलालीमा १७०, चितवनमा १५३, रुपन्देहीमा१४९, बाँकेमा १४८, मकवमानपुरमा १४७ र काभ्रेमा १०१ जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा अहिले ७२ हजार ८६२ संक्रिय संक्रमित छन् ।

    प्रतिकृया दिनुहोस