• मुख्य

    मोबाइल चोर्ने प्रहरीहरू निलम्बित

      ओमकार टाइम्स


    काठमाडौं, माघ ९ । मोबाइल ग्यालरीबाट मोबाइल चोरी गर्ने प्रहरी हवल्दार होमबहादुर माल र जवान भरतबहादुर बुढाल निलम्बनमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    प्रहरीले उनीहरूविरुद्ध चोरीको मुद्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। पक्राउ परेकाहरू म्याद थप हुनेवित्तिकै स्वतः निलम्बनमा परेका हुन् ।

    धनगढीको ट्राफिक चोकमा रहेको ग्लोबल मोबाइल ग्यालरीमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारका पुगेका माल र बुढालले चोरी गरेको सीसी क्यामेराको भिडियो सार्वजनिक भएको थियो।

    भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले मुद्धा दर्ता गर्दै उनीहरूलाई हिरातसमा राखेर अनुसन्धान अगाडि बढाएको हो।

    प्रतिकृया दिनुहोस