• देश

    रवि समर्थकलाई पनि मुद्दा चलाउंदै प्रहरी

      ओमकार


    काठमाण्डौ । टेलिभिजन प्रस्तोता रवि लामिछानेका समर्थकहरुले दिनहु चितवनमा प्रदर्शन गरिरहेका छन् । रवि लामिछानेसहित तीन जनालाई चितवन प्रहरी कार्यालय लगेको दिन पनि प्रदर्शनकारीले प्रहरी कार्यालयमा ढुंगामुढा गरेका थिए ।

     

    ढुंगामुढाका कारण पाँच जना प्रहरी घा६इते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रदर्शनकारीको प्रदर्शन नरोकिएपछि निषेधित क्षेत्र नै निर्धारण गरिएको छ ।
    निषेधित क्षेत्र पनि प्रदर्शनकारीले बेलाबेला तोडेपछि प्रहरीसँग झडप भइरहेको छ । मंगलबार पनि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

     

    जिल्ला अदालतले फेरि पाँच दिन रविसहित तीनै जनालाई हिरा६सतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेका थिए ।

    प्रहरीमाथि आ६क्रमण गर्ने ६ प्र६दर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

     

    यसअघि १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यस मध्ये चार जना मंगलबार धरौटीमा रिहा भए । चार जनालाई प्रहरीले पाँच सय धरौटीमा १ भदौमै रिहा गरिसकेका थिए । तर, बाँकी १० जनालाई भने मुद्दा चलाउने तयारी भइरहेको छ ।

     

    पत्रकार शालिकराम पुडासैनी आ६त्मह६त्या प्रकरणमा अनुसन्धानका लागि रवि लामिछानेसहितलाई प्रहरी नियन्त्रणमा लिएको छ ।-हिमाल खबरबाट

    प्रतिकृया दिनुहोस