केही महिनादेखि जारी दुई देशबीचको व्यापार युद्ध अन्त्य गर्न दुई देशका अधिकारीबीच पछिल्लो वार्ता सुरू हुनु अघिल्लो दिन ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङको तारिफ गरेका हुन्।
मंगलबार साँझ वासिङट्नमा आयोजित रिपब्लिकनको फन्डरेजिङको रात्रीभोजमा ट्रम्पले सीसँगको निकट सम्बन्धबारे बताएका हुन्।
‘राष्ट्रपति सी निकै शक्तिशाली व्यक्ति हुन्, मैले उनलाई तपाईं त राजा हो नि भनें,’ ट्रम्पले उक्त कुराकानी सम्झँदै भने, ‘उनले भने-तर म त राजा होइन, राष्ट्रपति हुँ।’
ट्रम्पले सीलाई जीवनभरि राष्ट्रपति हुने भएकाले राजा नै हो भनेको बताए।
‘उनले त्यो मन पराए। हामी दुबै एकअर्कासँग धेरै सहज छौं,’ ट्रम्पले भने।
ट्रम्पले यो कुरालाई सीको तारिफसँगै व्यंग्य पनि मिसिएको छ। ट्रम्प र सीबीच कुराकानी भएको ४ महिनापछि चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय सम्मेलनले दुई पटकमात्र राष्ट्रपति हुन पाउने व्यवस्था संविधानबाट हटाइदिएको थियो।
यो व्यवस्था हटाएसँगै सीलाई दुई कार्यकालभन्दा बढी राष्ट्रपति हुने बाटो खुलेको छ।
२०१२ मा चीनका राष्ट्रपति बनेका सीको दोस्रो कार्यकाल सन् २०२४ मा सकिँदै छ। तर उनले आफ्नो उत्तराधिकारी तोकेका छैनन्।
प्रतिकृया दिनुहोस