• खेलकुद

    आयोजकको बेइमानी : फाल्गुनन्द गोल्डकपका सर्वोत्कृष्ट खेलाडी देबेन्द्रले पाएनन बाईक

      ओमकार


    दिपक बोहोरा, पाँचथर

    पुसमा सम्पन्न भएको दशौं संस्करणको रुस्लान फाल्गुन्द गोल्डकपमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका देवन्द्र तामाङले पुरस्कारस्वरुप पाउनुपर्ने मोटरसाइकल अहिलेसम्म पाउन नसकेको खुल्न आएको छ ।

    राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य समेत रहेको देवन्द्रले झापा ११ बाट फाल्गुनन्द गोल्डकपमा सहभागीता जनाएका थिए । प्रतियोगिता सम्पन्न भएको तीन महिना बितिसक्दा पनि तामाङले पुरस्कार पाउन नसकेका हुन् ।

    यस विषयमा देवेन्द्रसँग हाम्रो खेलकुदले सम्पर्क गर्दा उनले पुरस्कार नपाएको स्विकार गरे । ‘राष्ट्रिय टिमबाट खेल्न विदेशमा रहेको र नेपालमा आएपछि पनि मनाङबाट खेल्नुपर्ने भएकाले अलिक व्यस्त छु । फुर्सद भएपछि आयोजकसँग विस्तृतमा कुरा गर्नेछु,’ देवेन्द्रले भने । आयोजकले भने एन्फाको कारण पुरस्कार दिन ढिलो भएको बताएका छन् । एन्फासँग समन्वयमा मोटरसाइकल दिनुपर्ने भएकाले ढिलो भएको फिदिम सपोर्टिङ क्लबका महासचिव पासाङ तामाङले बताए ।

    यता एन्फाले भने मोटरसाइकल दिने विषय प्रक्रियामा रहेको जानकारी दिएको छ । एन्फाका प्रवक्ता किरण राईले अहिले प्रक्रिया सुरु भइसकेको र केहि समयपछि मोटरसाइकल हस्तातरण गर्ने जानकारी दिए ।

    ३ महिनामा समेत भएन हिसाब सार्वजनिक

    फाल्गुनन्द गोल्डकपको दशौं संस्करण समापन भएको ३ महिना बिति सक्दा पनि आयोजकले हिसाव सार्वजनिक गर्न सकेका छैनन् । फुटबल प्रतियोगिता सकिए पछि मोफसलका नकआउट फुटबल प्रतियोगिताका कतिपय आयोजक संस्थाले आयव्यय सार्वजनिक गर्ने गरेका छन् । केहि आयोजकले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको हिसाब सार्वजनिक गरेका छन् । तर, पाँचथर जिल्लामा भने आयव्यय सार्वजनिक गर्ने परम्परा छैन् ।

    फाल्गुनन्द गोल्डकपको दशौं संस्करण सकिएको ३ महिना बित्दा पनि आयोजकले हिसाब सार्वजनिक गर्न सकेका छैनन् । हिसाब सार्वजनिक नगर्ने अहिले मात्र होइन यो पाँचथरको पुरानो रोग हो । गत वर्ष पाँचथर गोल्डकपको आयोजकले पहिलो गोल्डककपको हिसाब सार्वजनिक नगरी दोश्रो गोल्डकप आयोजना गरेका थिए । गत वर्षनै आयोजना भएको फाल्गुनन्द गोल्डकपको नवौं संस्करणको हिसाब पनि पाँच महिनापछि मात्र आयोजकले सार्वजनिक गरेका थिए ।

    प्रतिकृया दिनुहोस