• मुख्य

    ‘प्रथम’ बनाइदिने भन्दै यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

      ओमकार

     

    (रासस)फिदिम : यौन दुर्व्यवहार गरेको आरोपमा पाँचथरमा प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरेको छ। ८ कक्षामा पढ्दै गरेकी
    १३ वर्षीया छात्रालाई ललाइफकाई यौन दुर्व्यवहार गरेको आरोपमा पाँचथरको हिलिहाङ गाउँपालिकामा कार्यरत सप्तरीको शम्भुनाथ गाउँपालिका घर भएका शिक्षक उपेन्द्र चौधरी मंगलबार पक्राउ परेका हुन्।

    विज्ञान विषयका शिक्षक चौधरीले आफु घरमा एक्लै भएको मौका छोपी ललाइफकाइ यौन दुर्व्यवहार गरेको पीडित बालिकाले बयान दिएकी छन्।

    बालिकालाई परीक्षामा प्रथम बनाइदिने प्रलोभन देखाउँदै यौन दुव्र्यवहारको प्रयास गरेको पीडित आफन्तले प्रहरीमा उजुरी दिएपछि चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।

    चौधरीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए। – रासस

    प्रतिकृया दिनुहोस