• मुख्य

    १७ जिल्ला सङ्क्रमणमुक्त, थप ५१ जना निको भए

      ओमकार टाइम्स

    मंगलबार देशभर थप २४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    ५ हजार ५८७ जनामा कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २१ तथा एन्टिजेन विधिबाट ३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा थप ५१ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९८.७ प्रतिशत रहेको छ ।

    योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर ८१२ जना पुगेको छ । यता, थप १७ हजार ७५५ जनाले कोभिड–१९ विरुद्धको खोप पनि लगाएका छन् ।

    इलाम, सोलुखुम्बु, भोजपुर, चितवन, नुवाकोट, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, सल्यान, मुगु र बाजुरा जिल्ला सङ्क्रमणमुक्त भएका छन् ।

    प्रतिकृया दिनुहोस