• राजनीति

    चुनावी तालमेल गर्न खोजे काँग्रेसभित्र विद्रोह हुन्छ : शेखर कोइराला

      ओमकार टाइम्स


    पार्टीले गरेको निर्णयअनुसार आवश्यकता र औचित्यका आधारमा तालमेल हुने बताउँदै नेपाली काँग्रेसका नेता शेखर कोइरालाले केन्द्रबाट तालमेल गर्न खोजे देशव्यापी विरोध हुने चेतावनी दिएका छन् ।

    कोइरालाले केन्द्रबाट तालमेल लाद्न नहुने बताएका हुन् । केन्द्रमा धेरैले गठबन्धन गर्ने भने पनि आफूहरूले बीचको बाटो लिने निर्णय गरेको उनको भनाइ छ।

    फरक प्रसङ्गमा पार्टीले नै तालमेल गरेर जान सक्ने निर्णय गरेको कारण गठबन्धनले संयन्त्र बनाउने निर्णय सही भएको उनको भनाइ छ ।

    मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले संयोजक पौडेलसहित १० सदस्यीय समिति गठन गरेको थियो ।

    नेता कोइरालाले सभापतिले भागबण्डाको राजनीति गर्न नहुने र न्यायोचित ढङ्गले पार्टी चलाउनु पर्ने माग गरे ।

    प्रतिकृया दिनुहोस