• राशिफल

    आजको राशिफल : २०७८ साल चैत २४ गते बिहीबार

      ओमकार टाइम्स

    आजको पात्रो: २४ चैत २०७८ बिहीबार । तदनुसार अप्रिल महिनाको ७ तारिक २०२२ । चैतशुक्लपक्ष षष्ठी, कौलव करण, मृगशिरा नक्षत्र, सौभाग्य योग, चन्द्रमा वृष राशिमा रहेको छ।

    आज बिहान सूर्योदय ५ः४१ मा भयो भने सूर्यास्त ६ः२५ मा हुनेछ । आजको देवता ब्रम्हा र ग्रहदेव शुक्र रहेको छ । बिहीबारको दिन अध्ययन अध्यापनका बारेमा काम गर्दा राम्रो छ । आज बिहान ११ः४२ देखि १२ः३२ अभिजित मुहूर्त रहेको छ । भनिन्छ हरेक दिनको शुभ मुहूर्त भनेको अभिजित हो ।

    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

    सामाजिक र धार्मिक काममा गर्नुहुने कामबाट तपाईंलाई मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्चव्यक्तित्वबाट प्राप्त हुने सम्मानले तपाईंको मनमा हर्ष छाउने छ । नयाँ काम गर्न मन लाग्नेछ ।

    वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

    आकस्मिक धनलाभ हुनेछ । व्यापार व्यवसायबाट नसोचेको आर्थिकलाभ प्राप्त हुनेछ । शत्रुमाथि विजयप्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । बिहान सूर्योदयको दर्शन गर्नुहोला । आज तपाईंको सोचअनुसार काम हुनेछ ।

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

    धनलाभ र नयाँ नयाँ खबरले तपाईंको मनमा खुसियाली छाउने छ । घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । सत्कार्यका लागि तपाईंले गरेको कामअनुसारको फल प्राप्त हुनेछ ।

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

    कर्कट राशिका जातकहरुको लागि आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्राबाट फाइदा पुग्नेछ । चन्द्रमाको साथ भएकाले आजको दिन तपाईको सोचअनुसारको काम गर्दा तपाईंलाई फाइदा हुन्छ । व्यापार व्यवसायमा नयाँ लगानी गर्नु पनि सकिन्छ । अध्ययन अध्यापनमा लागेका कर्कट राशिका जातकका लागि नयाँ अवसर प्राप्त हुनेछ ।

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

    सिंह राशिका जातकले विहीबारको बिहान सूर्योदयको दर्शन गर्नुहोला । तपाईंलाई अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला ।पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । अध्ययनमा रुचि छ भने नयाँ पुस्तक अध्ययनको थालनी तपाईंको लागि शुभ हुनसक्छ ।

    कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

    यात्रा गर्नुपर्ने हुनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ। आजको दिन नयाँ वस्त्र खरिद गरेर लगाउन राम्रो हुनेछ । स्त्रीजातिको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ ।

    तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

    तुला राशिमा जातका लागि मानसिक असन्तोष र तपाईंले सोच अनुसारको काम नहुँदा चिन्ता थप हुनसक्छ । त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार व्यवसायमा हुनुहुन्छ भने आजको दिन तपाईंलाई फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु होला ।

    वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

    आजको दिन बिहान सूर्योदयको दर्शन गरेर दिनको सुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज सुरुवात गरेको कामबाट सफलता प्राप्त हुनेछ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो नियमित काम गर्दा होसियारी, धैर्य आवश्यक छ ।

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

    परिवार तथा आफन्तजनको साथ सहयोगले तपाईंको कार्य प्रगति हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । आजको दिन मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ। साथ सहयोग कसैको नहुँदा पनि तपाईंको मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु जानुहोला ।

    मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

    आजको दिन तपाईल सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ। आफ्नो कर्मयात्रामा हिडिरहेकाहरुलाई नसोचेको सम्मान मिल्नसक्छ । धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । मनमा निकै हर्ष छाइरहने छ बिहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ ।

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

    मनमा अति प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ। ब्यापार व्यबसायबाट बाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिलनेछ। सामाजिक काममा मन जानेछ। तपाईंले गरेको कार्यको परिवारका सदस्य समेत खुसी हुनेछन् ।

    मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

    विहीबारका दिन मीन राशिमा जातकले बिहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने जातकले आजको दिन बिहान सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ । तपाईंले गर्न खोजेको काममा पनि सफलता मिल्नेछ । यात्रा र धार्मिक कार्यमा लाग्नु भयो भने मनमा उत्साह भरिने छ।

    प्रतिकृया दिनुहोस