• सम–सामयिक

    कस्ताे छ आजकाे माैसम पूर्वानुमान ?

      ओमकार टाइम्स


    काठमाडाैं । हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

    प्रदेश १ को पहाडी भू-भागका केही र बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    शनिबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागका केही स्थानमा हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस