• समाचार

    उपकार लघुवित्तको आईपीओ आजबाट बिक्री खुला

      ओमकार टाइम्स

    काठमाडौं- उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आजबाट धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ ।

    लघुवित्तले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा दुई करोड ३६ लाख २५ हजार रुपैयाँबराबरको दुई लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

    कम्पनले जारी पुँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशतले साधारण सेयर बिक्री सुरु गरेको हो । निष्कासन गरिएको कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात् तीन हजार २८१ कित्ता सेयर लघुवित्तका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ ।

    ५ प्रतिशत अर्थात् ११ हजार ८१३ कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको दुई लाख २१ हजार १५६ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

    कम्पनीको आईपीओमा छिटोमा चैत २९ र ढिलोमा ०७९ वैशाख ९ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० र अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

    नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ छ ।

    कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा लघुवित्तलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ ।

    प्रतिकृया दिनुहोस