• समाचार

    काठमाडौं उपत्यकामा फेरि बढ्यो सार्वजनिक सवारीको भाडा

      ओमकार टाइम्स

    काठमाडौं — काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडा दर बढेको छ ।

    बागमती प्रदेश सरकारले आगामी वैशाख १ गतेदेखि लागू हुने गरी उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडा बढाएको हो ।

    बागमती प्रदेश सरकारअन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा चैत २४ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातको भाडा समायोजन गरेको जनाएको छ ।

    भाडा समायोजनसँगै अब यात्रुले चढ्ने बित्तिक्कै र पाँच किलोमिटरसम्मको भाडा २० रुपैयाँ तिर्नुपर्ने छ । मन्त्रालयका अनुसार ०–१० किलोमिटरमा २५ रुपैयाँ, ०–१५ किलोमिटरमा ३० रुपैयाँ, ०–२० किलोमिटरमा ३३ रुपैयाँ र २० किलोमिटरभन्दा धेरै दूरीमा यात्रा गर्दा ३८ रुपैयाँ तिर्नुपर्नेछ ।

    यसैगरी, ट्याक्सी प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ । प्रतीक्षा शुल्क प्रतिमिनेट १.२० रुपैयाँ तोकिएको छ भने बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइनेछ ।

    प्रतिकृया दिनुहोस