• विदेश

    अस्ट्रेलियाले युक्रेनमा पठायो सशस्त्र सैन्य ट्रक

      ओमकार टाइम्स

    युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीको अनुरोधमा अस्ट्रेलियाले युक्रेनमा सशस्त्र सैन्य ट्रकहरू पठाएको छ । रुसी हमलाविरुद्ध सशक्त प्रतिकार गर्न युक्रेनलाई २० ओटा सैन्य ट्रक पठाउने प्रतिबद्धता अनुसार अस्ट्रेलियाले तीन ओटा ट्रकहरू पठाएको हो ।

    अस्ट्रेलियाले पठाएका शक्तिशाली बुसमास्टर युद्धग्रस्त क्षेत्रमा सेना र सर्वसाधारण पठाउन प्रयोग गरिनेछ । तर, तिनीहरुलाई आक्रमक हमलाका लागि भने प्रयोग गरिने छैन् । जेलेन्स्कीले गत साता अस्ट्रेलियाको संसद्लाई भिडियो सम्बोधन गरेका थिए ।

    युक्रेनलाई गरेको निरन्तर सहयोगप्रति जेलेन्स्कीले अस्ट्रेलियालाई धन्यवाद दिएका थिए । रुसी हमला सामना गरिरहेको युक्रेनले विभिन्न देशहरुसँग सैन्य सहयोग मागेका छन् । उनले विभिन्न देशका संसद्लाई भर्चुअल माध्यममार्फत सम्बोधन गर्दै आएका छन् ।

    अस्ट्रेलियाले युक्रेनलाई सैन्य तथा मानवीय सहायता स्वरुप १९० मिलियन अस्ट्रेलियाले डल प्रदान गरेको छ ।

    प्रतिकृया दिनुहोस