• राशिफल

    ॐ लेख्दै आज मिति २०७५ साल चैत २२ गते शुक्रबारको राशिफल पढ्नुहोस मनोकामना पूरा हुनेछ

      ओमकार

     

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सोचे अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आकस्मिक धन लाभ हुनेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । स्वादिष्ट भोजन पाईनेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । घरमा अतिथीको आगमन हुनेछ । शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विचार गरेर निर्णय लिनु उचित होला । दबाब र तनाव बढेको महसुस हुनेछ । गरेको काममा ढिलासुस्ती हुनेछ । पारिवारिक समस्या आइपर्ला ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । तिर्थाटनको योगछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ । अकस्मात धन(सम्पत्ति हात पर्नेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दैनिक कार्यहरूमा प्रगति हुनेछ । रमणीय र सुखद यात्राको योग छ । जोश जाँगर र हिम्मत बढ्नेछ ।नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । प्रेममा मनमुटाव आउला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् ।पारिवारिक सद्भाव बढ्नेछ।आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । पारिवारिक सहयोग मिल्नेछ । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् ।

    प्रतिकृया दिनुहोस